परिचय

परिचय (Introduction)

जिल्ला सहकारी संघ लिमिटेड सिन्धुली २०५० सालमा स्थापना भई सिन्धुली जिल्ला भित्र रहेका सबै प्रकारका सहकारी संघ-संस्थाहरुको विकास र प्रर्बद्धन गर्ने उदेश्यले स्थापना गरिएको यो संघ जिल्ला स्तरिय छाता निकाय हो । यस संघमा सिन्धुली जिल्ला भित्र दर्ता भएका सबै विषयगत संघहरु र प्रारम्भिक सहकारी संस्थाहरु आबद्ध हुन पाउने प्रवधान रहेको छ ।

सहकारीका सिद्धान्त, मूल्यमान्यता, सहकारी ऐन र नियम बमोजिम सहकारी संस्था संचालन गर्नु पर्दछ । सहकारी ऐन २०३१ खारेज भई नयाँ सहकारी ऐन २०४८ ले सहकारी श्रेत्रमा व्यापक परिर्वत भईदिनाले सहकारी संघ-संस्था दर्ता र स्वःस्फूर्त ढँगले संचालन गर्न पाउने स्वायतता पाएको थियो । यसै सन्दर्भमा नेपाल राष्ट्रिय सहकारी संघको स्थापनाको लागि जिल्ला सहकारी संघहरुको गठनको आवश्यकता भएकोले यस जिल्लामा संचालनमा रहेको मात्र ११ वटा संस्थाहरुले २०५० भाद्र ९ गते विद्यिवत रुपमा जिल्ला सहकारी संघ सिन्धुली स्थापना भएको थियो ।

जिल्लामा रहेका सबै प्रकारका सहकारीहरुलाई एकीकृत र संगठित गर्दै सदस्य संस्थाहरुको सदस्यहरुको क्षमता अभिबृद्धीका लागि तालिम गोष्ठी आयोजना गर्ने, सहकारीका विभिन्न सूचनाहरु प्रारम्भिक सहकारी संस्थाहरु सम्म पुर्याउने, सहकारीका ऐन नियमावलीहरुमा देखिएका कमी कमजोरीहरु सुधार गरी सदस्यमैत्री कानुन निर्माण गर्न दबाब सिर्जना गर्ने, राष्ट्रिय सहकारी महासंघ, जिल्ला संघ र प्रारम्भिक संस्थाहरुलाई जोड्ने पुलको काम गर्ने, सहकारी सम्बन्धी नागरिकमा चेतना अभिबृद्धि गर्न कार्यक्रम संचालन गर्ने जस्ता कामहरु यस संघले गर्दछ ।

राष्ट्रिय सहकारी संघको सदस्य भएको नाताले उक्त संघले संचालन गरेको कारोवार जस्तै मलखाद, सिमेन्ट, सौर्यउर्जा, वायोग्यास र वैदेशिक रोजगार सम्बन्धि कामहरु निजि पूँजी लगानीमा संचालन गरी केही हदसम्म कामहरु भए गरेको थियो र पछिल्लो अवस्थामा सहकारी बैंक स्थापनामा पनि जिल्ला सहकारी संघको योगदान रहेको छ । तर संघको आफ्नो श्रोत साधन तथा पूँजी अभावको कारणले कारोवारलाई निरन्तरता दिन नसकेकोले आर्थिक उपार्जन हुन सकेन; संघको दैनिक कार्य संचालन एंव प्रशासनिक कार्यमा आवश्यक पर्ने घर, घरभाडा, कर्मचारी र आवश्यक भौतिक सामानको अभावमा संघको आफ्नो उद्धेश्य, कार्यहरु र सदश्य संस्थाहरुलाई पुर्याउनु पर्ने सेवाहरु पुर्याउन नसकेको सबैमा महशुस भएको कुरा हो ।

पंचायति राज्य ब्यवस्थाको अवस्थामा जन्मेको यस संघले सहकारी ऐन २०४८ पछि २०७४ सम्म आईपुग्दा जिल्ला भरिमा ५०० भन्दा बढी सहकारी संघ-संस्थाहरुको अभिभावक हुनुपर्ने अवस्था आएको छ । ऐन नियमको परिर्वतनका साथ साथै स्थानिय प्रदेश र केन्द्र सरकारबाट संचालन हुने गतिविधिहरुलाई समय सपक्ष अनुसरण गर्दै संघलाई आर्थिक रुपले सक्षम बनाउने कार्यमा अन्तर सहकारी सम्बन्धलाई अबलम्मन गर्नुका साथै स्थानिय देखि केन्द्र सम्मका निकायहरु समन्वय कायम गरी संघ संस्थाहरुको हितमा निरन्तर भूमिका निर्वाह गर्ने नयाँ निर्वाचित टिम २०७७ चैत्र १३ वाट आए संगै सघले नयाँ मोड लिएको छ ।

यस संघले २०७८ असोज १ गते देखि बैङ्किङ कारोबारको पनि सुभारम्भ गरेको छ ।

जिल्ला सहकारी संघ सिन्धुलीमा २०८० असार मसान्त सम्म जिल्लामा दर्ता भएका ५१७ सहकारी संघ-संस्थाहरु मध्ये २६१ वटा संघ-संस्था यसमा आवद्ध भईसकेका छन् ।

Scroll to top